back
CTIZAN AD

यी हुन् माओवादी केन्द्रले बिहीबारको बैठकमा राखेको एमसीसी बारे पाँच असहमति

वि.सं.२०७८ फागुन ६ शुक्रवार

930 

shares

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा गठबन्धनबीच धेरैपटकको छलफल र प्रयासका बाबजुद पनि सहमति जुट्न सकेको छैन ।

बिहीबार गठबन्धनभित्र सहमति जुटाएर शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गरिने नेपाली कांग्रेसको अडान रहेपनि बिहीबारको बैठक बिना निष्कर्ष टुंगिएपछि त्यो संभावना कम हुँदै गएको छ । यद्यपी आज पुनः बस्ने गठबन्धनको बैठक  एमसीसी बारेमा एउटा निष्कर्षमा पुग्नेछ भन्ने आसा गरिएको छ ।

यसअघि पटक–पटक संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्ने अडान राख्दै आएको नेकपा माओवादी केन्द्रले बिहीबारको बैठकमा केही लचकता देखाउँदै संसद अवरोधका बिच कसरी एमसीसी टेवुल हुन सक्छ भन्ने प्रश्न राखेको छ ।

यी हुन् माओवादी केन्द्रले बिहीबा राखेको पाँच असहमति
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बिहीबारको बैठकमा आफ्नो पार्टीले पाँच असहमति राखेको बताएका छन् । नेता श्रेष्ठका अनुसार माओवादी केन्दले राखेको पाँच असहमतिमा पहिलो संविधान र कानुनको प्राबधानसँग मेल खान्छ कि खान्न भन्ने प्रश्न गरेको छ ।

दोस्रो -आर्थिक सहायता सम्झौता अहिलेसम्म एउटा पनि संसदबाट अनुमोदन गर्ने दिशामा नलगिएको र एमसीसीलाई लैजादा त्यसको प्रतिक्रिया र परिणाम के हुन्छ ? भन्ने प्रश्न गरेको छ ।

तेस्रो –संसद अवरुद्ध भइरहेका बेला अध्यादेश बाहेक कुनैपनि बिधेयक प्रस्तुत नगरेको अवस्थामा यसलाई कसरी हेर्ने भन्ने प्रश्न गरेको छ ?
चौथो–यस्तो व्यापक र दिर्घकालिन असर पार्ने रािष्ट्रयतासँग जोडिएको संवेदनशील मुद्दा जसका कारण नेपाली समाज व्यापक छलफल र बहसमा रहेको र विभाजित समेत बनेको अवस्थामा त्यस्तो मुद्दा संसद सुचारु नभैकन कसरी बहस, छलफल र निर्णय प्रक्रियामा पुर्याउने ? नेता श्रेष्ठले यो लोकताँिन्त्रक मूल्य मान्यता अनुसार नहुने समेत बताएका छन् ।

पाँचौं–एमसिसी सम्झौता नेपालको घरेलु कानुनभन्दा माथि हुनेछ भन्ने दफालाई प्रभावकारी बनाउन संसदमा ल्याउन लागिएको भन्ने प्रश्न समेत माओवादी केन्द्रले गरेको छ ।

एमसीसी बारे सहमति जुटाउन आजपनि गठबन्धनको बैठक बस्दै

वि.सं.२०७८ फागुन ६ शुक्रवार ०९:५५ मा प्रकाशित

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...