काठमाडौं । एमसीसीका विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि विना निष्कर्ष टुंगिएको छ ।
बिहीबार राति अवेरसम्म बसेको बैठकमा एमसीसी अनुमोदनका विषयमा सहमति जुट्न नसकेपछि आज बिहान १० बजे पुनः बसेको बैठक सकिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
उनका अनुसार बैठक फागुन ८ गते बिहान १० बजे बस्ने भएको हो । फाइल: फोटो
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:१४ मा प्रकाशित




























