back
CTIZAN AD

आज थपिए ३५० कोरोना संक्रमित, ४ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ७ शनिवार

663 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९६ नमुना परीक्षणमा ३५९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ३५० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ९०४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १२७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२७२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१७ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १३ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १२ हजार ८२८ जना र संस्थागत आइसोलेशनमा ५२९ जना रहेका छन् । ती मध्ये आइसीयुमा १४२ र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा थप ७ लाख ६९ हजार लाख ५७६ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसविरुद्धको ३ करोड ६८ लाख ७३५ मात्रा खोप लगाइएको छ ।

जसमा १ करोड ८२ लाख ४५ हजार १६३ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने १ करोड ७६ लाख ४० हजार ५२९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

मन्त्रालयका अनुसार ८ लाख ६३ हजार ४३ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

No photo description available.

वि.सं.२०७८ फागुन ७ शनिवार १७:४२ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...