back
CTIZAN AD

उम्मेदवारलाई रेडकार्ड देखाउनुपर्ने अवस्था नआवोस् -प्रमुख निर्वाचन आयुक्त

वि.सं.२०७८ फागुन ७ शनिवार

720 

shares

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीयतहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उहाँले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्डअलि खतर्नाक रहने भएको हुँदा त्यसलार्ई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउछन् । आयोग रेफ्रिको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी) ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ ।” फल्ट भए/नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने “हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट ग¥यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।”

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन बताए ।

उनले भने, “एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क लिएर सफल हुनैपर्छ ।”

वि.सं.२०७८ फागुन ७ शनिवार १७:५९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...