back
CTIZAN AD

हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाइने–अध्यक्ष थापा

वि.सं.२०७८ फागुन ७ शनिवार

888 

shares

काठमाडौं । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताएका छन् ।

May be an image of 14 people, people standing and text

शनिवार आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवद्र्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

May be an image of 4 people and people standing

उनले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न रजनीतिक प्रणालीका साथै आधा दर्जन संविधान प्रयोग भइसकेको भए पनि स्थायित्व हुन नसकेकाले जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बताए ।

अध्यक्ष थापाले विविधताले भरिएको देशमा सबै जाति समुदायका मौलिक संस्कृतिको संरक्षण गरी सनातन हिन्दू राष्ट्र कायम गर्न सकेमा मात्र राष्ट्रिय एकता बलियो हुने विचार व्यक्त गरे ।

May be an image of 6 people and people standing

विगतमा पार्टी ठूलो बनाउने नाममा आफूले अस्वभाविक सम्झौता गरेकामा पश्चाताप व्यक्त गर्दै उनले भने, “मैले राप्रपा फुटाएको छैन, राप्रपा सैद्धान्तिकरूपमा विचलित भएको छ, जीवन्त राष्ट्रवादी शक्तिको खाँचो छ ।” अध्यक्ष थापाले विगत पाँच वर्षको अलमलले पार्टीको पहिचान गुमेकाले आफूहरू भूमिकाविहीन भएको प्रष्ट पारे ।

वि.सं.२०७८ फागुन ७ शनिवार १८:१३ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...