Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

यातायात सञ्चालन गर्न सेना प्रहरी



३० फागुन,लमजुङ (बेँसीसहर) । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ ।
सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो । बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङ्सारसम्म सडक पूरै अवरुद्ध भएको र अहिले चामेबाट सडक सफा गर्नेकाम सुरु भएको उहाँले बताउनुभयो ।

सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको उल्लेख गर्दै सहायक प्रजिअ पन्तले सहज ठाउँमा सेना प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्न सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको जानकारी दिनुभयो ।

चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायतका ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सञ्चालनको निम्ति सडक सफा गर्ने काम भइरहेको छ ।

मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको र अत्यधिक चिसोका कारण दुई दिनसम्म सञ्चारका साधन तथा विद्युत् पनि अवरुद्ध भएको थियो ।

मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्तासमेत भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी