back
CTIZAN AD

यातायात सञ्चालन गर्न सेना प्रहरी

वि.सं.२०७३ फागुन ३० सोमवार

765 

shares

३० फागुन,लमजुङ (बेँसीसहर) । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ ।
सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो । बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङ्सारसम्म सडक पूरै अवरुद्ध भएको र अहिले चामेबाट सडक सफा गर्नेकाम सुरु भएको उहाँले बताउनुभयो ।

सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको उल्लेख गर्दै सहायक प्रजिअ पन्तले सहज ठाउँमा सेना प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्न सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको जानकारी दिनुभयो ।

चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायतका ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सञ्चालनको निम्ति सडक सफा गर्ने काम भइरहेको छ ।

मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको र अत्यधिक चिसोका कारण दुई दिनसम्म सञ्चारका साधन तथा विद्युत् पनि अवरुद्ध भएको थियो ।

मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्तासमेत भएका थिए ।

वि.सं.२०७३ फागुन ३० सोमवार ११:०३ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...