back
CTIZAN AD

एमसीसीविरुद्व भएको प्रदर्शनप्रति खनिए ओली, प्रहरीप्रति देखाए सहानुभूति

वि.सं.२०७८ फागुन ९ सोमवार

1.1K 

shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरुद्ध भएको जनप्रदर्शनको विरोध गरेका छन् । उनले प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेको प्रति आक्रोश पोखे ।

सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रहरी कुटिएको प्रति विरोध जनाए । प्रहरीलाई निर्धो बनाइएको भन्दै गृहमन्त्रीको विरोध गरे ।

“सरकारवालाहरुले नै सडकमा ढुंगा हान्न पठाएका छन्, कति खर्चमा बाटा बनाइएको थियो, क्रान्तिकारी सरकारमा हुनेहरुले बाटो भत्काएर ढुङ्गा निकालेर प्रहरीमाथी आक्रमण गरिरहेका छन्, नभत्काउ भन्ने कोही छैन, तोडफोड गरेका छन्”, ओलीले भनेका छन्, “प्रहरी कुटाइ खाएर भागेको छ, २५ जनाले ढुङ्गा हानेको छ, डेढसय सुरक्षाकर्मी छन् तर भाग्नु परेको छ ।”

उनले सत्तामा बस्नेहरुले दोहोरो भूमिका खेलिरहेको बताए । एमसीसी पारित नगर्ने षडयन्त्रअनुसार टेबल गरिएको बताए ।
प्रदर्शनको विषयमा आफुँले गृहमन्त्री बालकृष्ण खाँडलाई जिज्ञासा राखेको ओलीले बताएका छन् । उनले प्रहरीलाई निर्धो बनाइएको प्रति आफुँले प्रश्न गरेको बताए ।

उनले भनेका छन्, “मैले बिहान गृहमन्त्रीलाई सोधें–हिजो प्रहरीलाई के आदेश थियो ? किन १५ जनाले लुकेर ढुंगा हान्दा प्रहरीले केही गर्न सकेन ? प्रहरीका टाउका किन फुटे ?”

वि.सं.२०७८ फागुन ९ सोमवार १६:४८ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

काठमाडौँ । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा...