back

क्यानडालाई पराजित गर्दै विश्वकप क्रिकेट छनौटको सेमिफाइनलमा पुग्यो नेपाल

वि.सं.२०७८ फागुन ९ सोमवार

513 

shares

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ ।

एकासी रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान दिए । भुर्तेलले ३७ बल खेल्ने क्रममा तीन चौकासमेत प्रहार गरे ।
यस्तै दीपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रन बनाउँदै अविजित रहे भने आसिफ शेखले १७ रन बनाए ।

बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नाजरले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो । क्यानाडाका डिलोन हेलिगरले अविजित रहँदै २४ रनको योगदान दिए । कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ तथा सलमान नाजरले १० रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनी प्लेयर अफ दी म्याचसमेत भए ।

यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए । जीतसँगै तीन खेलमा ६ अङ्क जोड्दै नेपाल समूह विजेता बन्यो । यस्तै ओमान तीन खेलबाट चार अङ्क जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । क्यानडा र फिलिपिन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब नेपालले मङ्गलबार सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ ।
यस्तै अर्को मङ्गलबार नै अर्को सेमिफाइनल ओमान र आयरल्यान्डबीच हुनेछ ।

फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

 

वि.सं.२०७८ फागुन ९ सोमवार २०:१६ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...