back
CTIZAN AD

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

वि.सं.२०७८ फागुन ९ सोमवार

831 

shares

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा उभिने भएको छ । सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसीसीको विपक्षमा मतदान गर्ने बताए। एकीकृत समाजवादीले पहिलो पटक एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

“एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा सबै सांसद र मन्त्रीहरूले मतदान गर्नुहुन्छ, यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न”, खतिवडाले भने, “हामी अरु दललाई पनि विपक्षमा मतदान गर्न आग्रह गर्छौं ।”

उनले विपक्षमा मतदान गर्दा सरकारमा बस्ने नबस्ने कुरा खुलाएनन् तर, सरकार राष्ट्रियताभन्दा ठूलो कुरा नभएको उनको भनाई छ ।

एमसीसीको विषयमा एकीकृत समाजवादीभित्र धेरै धार देखिएका छन् । केही नेताहरु निःशर्त एमसीसी अस्वीकार गर्ने पक्षमा छन् भने केही संशोधन भएमा स्वीकार गर्न सक्ने भन्ने पक्षमा छन् । आइतबार एमसीसी टेबल गर्दा नेता झलनाथ खनालले उठेरै नाराबाजी गरेका थिए ।

वि.सं.२०७८ फागुन ९ सोमवार १७:५६ मा प्रकाशित

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...