back
CTIZAN AD

ओली मनाउन देउवाका दूतहरुको दौडधुप

वि.सं.२०७८ फागुन ११ बुधवार

930 

shares

काठमाडौं । एमसीसी टेबल गराए पनि पारित गर्न गठबन्धनभित्र सहमति नजुटेसँगै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगको संवादलाई तिव्रता दिएका छन् । आफैंले समेत पटक–पटक भेटेका देउवाले दूतहरुमार्फत थप संवादलाई अगाडि बढाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फागुन ५ को भेटपछि देउवाले एमसीसी टेबल गर्ने प्रक्रिया अगाडि बढाएका थिए । उनले ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

गठबन्धनभित्रको अन्तरविरोध र रस्साकस्सीबीच एमसीसी टेबल गराए पनि पारित गराउने पक्षमा सहमति नजुटेसँगै देउवाले पुनः ओलीसँगको संवादलाई तिव्रता दिएका हुन् । देउवाले बालकोट वार्ताको ६ दिनपछि मंगलबार साँझ ओलीलाई बालुवाटारमा नै बोलाएर ‘वान टु वान’ छलफल गरेका थिए ।

ओली र एमालेका शीर्ष नेताहरुसँगको वार्ता पछि बुधबार पनि देउवाले आफ्ना दूतहरुमार्फत ओलीसँगको संवादलाई अगाडि बढाएका छन् । बालुवाटारको छलफल पछि गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडले बुधबार बालकोट पुगेर ओलीसँग छलफल गरेका छन् । जुन छलफल यसअघिको छलफलको निरन्तरता भएको नेताहरुले बताएका छन् ।

ओलीसँग सत्ता साझेदारीको प्रयास

कांग्रेस उच्च स्रोतले बताएअनुसार एमसीसीकै विषयले सत्ता गठबन्धन भत्किने अवस्था देखिएसँगै प्रधानमन्त्री देउवाले ओलीसँग सहकार्यको प्रस्ताव राखेका छन् । मंगलबारको बालुवाटार वार्ताले मूर्त रुप नलिएको कारण थप भेटवार्ता बढाइएको बताइएको छ ।

ओलीले माधवकुमार नेपालसहितका १४ सांसद र सभामुख हटाउने सहितका एजेण्डामा कांग्रेसले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । बताइएअनुसार यी विषयमा मोटामोटी सहमति पनि बनिसकेको छ । तर, सहमतिलाई मूर्तरुप दिन देउवाले दूतहरुमार्फत थप छलफललाई अगाडि बढाएका हुन् ।

कांग्रेसका एक नेताले बताएअनुसार भोलीसम्म छलफलले मूर्त रुप पाउने छ । एमसीसीको विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको लागि बैठक डाकेका छन् । बैठक अगाडि नै मूर्त सहमति गरिसक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १२:४८ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...