back
CTIZAN AD

प्रेमीसँग मिलेर श्रीमान्को हत्या

वि.सं.२०७८ फागुन ११ बुधवार

894 

shares

इनरुवा । झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो । पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए । प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो । योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए ।

गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले हत्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो । सिग्देलकी जेठी श्रमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो । दुवै जनाले सिग्देलको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७८ फागुन ११ बुधवार १२:४५ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...