back

विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

वि.सं.२०७८ फागुन ११ बुधवार

642 

shares

११ फागुन, काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स ९युएई० र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ ।

त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ । नेपालले पपुवा न्युगिनिसँग चैत ८ गते खेल्नेछ । आइसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ ।

नेपाल ८ अंक जोड्दै अंक तालिकाको छ्रैटौँ स्थानमा छ । त्यसैगरी ओमानले २३ खेलमा १५ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै ३० अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित तेस्रो स्थानमा छ ।

युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ अन्तिम स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

वि.सं.२०७८ फागुन ११ बुधवार १६:०४ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...