काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा जनप्रदर्शन भएको छ । बुधबार न्यूरोडको भुगोलपार्कबाट र्याली सुरु भई असन, इन्द्रचोक, भोटाहीटी हुँदै रत्नपार्कको शान्तिबाटिकमा आएर उक्त प्रदर्शन सभामा परिणत भएको थियो । फागुन ८ गते आइतवार अनुमोदनका लागि सदनमा पेश गरिएको एमसीसी सम्झौताको विरोधमा जनप्रदर्शन तथा सांस्कृतिकसभा आयोजना गरिएको हो ।
उक्त विरोध जनप्रदर्शनमा एमसीसी खारेज संयुक्त अभियानका संयोजक नारायण शर्मा, वामपन्थी नेता लोक नारायण सुवेदी, वामपन्थी नेता नरेन्द्रजंग पीटर लगायतका विभिन्न दल तथा संघ-संस्थाका नेता कार्यकता तथा स्वतन्त्र नेपाली नागरिकहरुको समेतको सहभागिता रहेको थियो । एमसीसीको विरोधमा बिभिन्न कविता, गीत लगायतका सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।



















वि.सं.२०७८ फागुन ११ बुधवार १७:५९ मा प्रकाशित
























