back
CTIZAN AD

यूक्रेनमाथि रूसले खोल्यो ‘फायर’, एकै पटक थुप्रै सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

वि.सं.२०७८ फागुन १२ बिहीवार

885 

shares

काठमाडौं । रूसले यूक्रेनमाथि शैन्य कारबाही शुरू गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले यूक्रेनी सेनालाई उद्र्धत गर्दै बताएअनुसार रूसी सेनाले यूक्रेनको पूर्वी भागमा रहेको सैन्य आधार शिविरसहित महत्वपूर्णं सैन्य अड्डामा एकै पटक मिसाइल आक्रमण गरेको हो ।

जनाइएअनुसार रूसले राजधानी किफ नजिकैको बोरिसिपिल एयरबेस र अन्य एयरपोर्टहरूमा पनि मिसाइल आक्रमण गरेको छ। यसबीच रूसी प्याराट्रुप्स देशको दक्षिणी बन्दरगाह सहर ओडेसामा अवतरण गरेको कुरा सञ्चार माध्यमले जनाएका छन् ।

बेलारूसी सैनिकहरू रूसी आक्रमणमा सामेल भएको पनि धेरै रिपोर्टहरूमा भनिएको छ। यी रिपोर्टहरूमा यूक्रेनी अधिकारीहरूलाई उद्धृत गरिएको छ।

यूक्रेनको उत्तरी सिमानामा अवस्थित बेलारूस वर्षौंदेखि रूसको सहयोगी रहेको छ । उत्तरबाट भएको आक्रमणको अर्थ पूर्वी यूक्रेनमा रूसको आक्रमणसँगै यूक्रेनविरूद्ध अर्को मोर्चा खुलेको हो ।

यूक्रेनस्थित बीबीसीका संवाददाता जेम्स वारटहाउसका अनुसार यूक्रेनको थुप्रै भागमा एकै पटक विस्फोटका खबर आएका छन् । तर, रूसको रक्षा मन्त्रालयले भने सैन्य कारबाही नगरिएको दाबी गरेको छ । मन्त्रालयले यूक्रेनको सैन्य पूर्वाधार, हवाई रक्षा र वायु सेनालाई निशाना बनाइएको भए पनि कारबाही नगरिएको दाबी गरेको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १२:१३ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...