काठमाडौं । रुसी आक्रमणसँगै यूक्रेनको अवस्था निकै नै त्रासदीपूर्णं बनेको छ । राजधानी कीभ छाड्न मानिसहरु हतारमा छन् । कीभ छाड्नेको कारण सहरका मुख्य सडकहरुमा निकै लामा ट्राफिक जाम भएका छन् ।
अहिले रेल स्टेशन र विमानस्थलमा मानिसहरु लामबद्ध छन् । सहर छाड्न खोज्ने मानिसहरुको कारण रेल स्टेशन भरिएको छ ।
बताइएअनुसार मानिसहरु निकै आतंकित छन् । रेल स्टेशनमा पुगेका मानिसहरु धेरै रोइरहेको देखिएको रोयर्टसले जनाएकाे छ ।
अलजजिराले उल्लेख गरेअनुसार दक्षिणी पूर्वी यूक्रेनको सहर मरिउपोल रुसी सेनाले कब्जा जमाइसकेको छ । अहिलेसम्म रुसी सेनाका बख्तरबन्द गाडीहरु मरिउपोल प्रवेश गरिसकेका छन् ।
तस्बिरमा हेर्नुहोस् रुसी आक्रमण पछिको यूक्रेन
मरिउपोल सहर प्रवेश गर्दै गरेको रुसी सेनाका बख्तरबन्द ट्यांक्स । तस्बिर : रोयर्टसरुसी हवाई आक्रमणमा परि खार्किभमा घाईते एक महिला । उनी बसेको अपार्टमेन्ट कम्प्लेक्समा ठूलो क्षति भएको छ । तस्बिर : अनाडोलुकीभको मुख्य राजमार्गमा सहर छाड्ने कारहरुको भीड । तस्बिर : रोयटर्सकीभ सहर छाड्नेहरुको कारण भएको ट्राफिक जाम । तस्बिर : एपीकीभको मेट्रो स्टेनशनमा देखिएको मानिसहरुको भीड । तस्बिर : एएफपीकीभको सडकमा खसेको रुसी मिसाइलको निरीक्षण गर्दै यूक्रेनी प्रहरी अधिकारी । तस्बिर : रोयटर्सकीभ एयरपोर्टमा पर्खिरहेका मानिसहरु । तस्बिर : रोयटर्सखार्किभ नजिकै चुगुएभमा रहेको सैन्य विमानस्थलबाट निस्किएको कालो धुवाँकाे दृश्य, जहाँ रुसी सेनाले निरन्तर केही थान मिसाइल आक्रमण गरेको थियो । तस्बिर : एएफपी