back
CTIZAN AD

बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना बनाउन बरालले आग्रह गरे

वि.सं.२०७८ फागुन १२ बिहीवार

819 

shares

मनाङ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गरेका छन ।

प्रदेशको अर्थ मन्त्रालयले आज लमजुङमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तक्र्रियामा उनले सङ्घीयता कार्यान्वयनको अभ्यासमा रहेकाले केही कठिनाइ हुने भन्दै यस वर्ष कम्तीमा ८० प्रतिशत बजेट खर्च गर्नेगरी अघि बढ्न आग्रह गरे । कर्मचारीहरु समस्या देखाएर उम्कन नपाउने उनले बताए । विभिन्न योजनामा विनियोजन गरेको रकम फ्रिज गर्ने प्रक्रियाको अन्त्य गर्ने रणनीतिमा आफूहरु रहेको मन्त्री बरालले बताए । नागरिकका खाँचो र आवश्यकताका योजना छनोट गर्न मन्त्री बरालको आग्रह थियो ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गर्ने नीति तथा प्रणालीमा नै सुधार गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति लमजुङका प्रमुख भोजराज पाण्डेले लमजुङवासी विकासे मुद्दामा एक भएको बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले गत वर्ष लमजुङमा ७२ प्रतिशत चालूतर्फ र ७५ प्रतिशत पुँजीगत खर्च भएको जानकारी गराउँदै चालू आर्थिक वर्षको सात महिनामा १९ प्रतिशत बजेट खर्च भएको बताए । खर्च नहुने योजनाको फाइल अघि बढाउन उनले सुझाव दिए ।

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लजमुङका प्रमुख राजेन्द्र भण्डारी, कृषि ज्ञानकेन्द्र लमजुङका प्रमुख सुदीप खतिवडा, स्वास्थ्य कार्यालय लमजुङका अमर दवाडीलगायतले प्रदेश सरकारका योजना र कार्यक्रमहरुमा आफ्ना धारणा राखे ।

 

वि.सं.२०७८ फागुन १२ बिहीवार १६:०३ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...