back
CTIZAN AD

एमसीसी सकस : सत्ता साझेदारसँग कुरा नमिलेपछि ओली गुहार्दै देउवा

वि.सं.२०७८ फागुन १२ बिहीवार

813 

shares

काठमाडौं । एमसीसी पारित गराउने विषयमा सत्ता साझेदारबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी एमालेलाई गुहार्न पुगेका छन् । सहमति नभएपछि संसद बैठक स्थगित गराएका देउवाले एमालेसँग सघन संवाद शुरु गरेका छन् ।

संसद बैठक स्थगित भए लगत्तै बिहीबार देउवाले आफ्ना केही नेताहरु राखेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । संसद भवनमै भएको छलफलमा देउवा र ओलीसँगै कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरु उपस्थित थिए ।

देउवा र ओलीले सामूहिक छलफल पछि संसद भवनमै ‘वान टु वान’ छलफल पनि गरेका छन् ।

सत्ता गठबन्धन परिवर्तनको कोशिस

संसद बैठक स्थगित भए लगत्तै संसद भवनबाट बाहिरिएका एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै गठबन्धन छिटो भत्कनुपर्ने बताएका थिए । उनले गठबन्धनकै कारण भूराजनीतिक चलखेल बढेको दाबी गरेका थिए ।

“यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ, त्यसैले यो छिटो भत्किनुपर्छ”, उनले भनेका थिए, “गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ ।”

नेता भट्टराईको अभिव्यक्ति कांग्रेस र एमालेबीचको दुरी कम हुँदै गएको बेला आएको छ । एमसीसीको विषयले गठबन्धन भंग हुने अवस्था बनेको चर्चाका बीच भट्टराईले गठबन्धन भत्किनुपर्ने विषयमा अभिव्यक्ति दिएका हुन् । यसअघि एमालेका नेताहरुको अभिव्यक्ति गठबन्धन भत्किनुपर्छ भन्ने कोणबाट आएका थिएन ।

देउवा र ओलीबीच सघन छलफल शुरु भएका बेला भट्टराईले दिएको अभिव्यक्तिलाई सामान्य अर्थमा मात्रै लिन मिल्दैन् । संसद बैठक बसाउने विषयमा आज मात्रै सत्ता साझेदारहरुबीच भएको छलफल सहमति उन्मुख बन्न नसकेसँगै एकीकृत समाजवादीका नेता झलनाथ खनालले “कांग्रेस र एमाले मिल्दा हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १६:५४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...