back
CTIZAN AD

गठबन्धनको औचित्य सकिएको कांग्रेसको निष्कर्ष, आजै एमालेसँग निर्णायक छलफल गर्ने

वि.सं.२०७८ फागुन १२ बिहीवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसले पाँच दलीय सत्ता गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालेको छ । एमसीसी पारित गर्ने विषयमा सत्ता साझेदार दलहरुभित्र सहमति नबनेसँगै कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो । गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालेको कांग्रेसले अब प्रमुख प्रतिपक्षी एमालेसँग निर्णायक छलफल गर्ने तयारी पनि गरेको छ ।

बिहीबार संसद बैठक स्थगित भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुवै पार्टीका शीर्ष नेतृत्वबीच छलफल चलेको थियो । सामूहिक र देउवा–ओलीबीचको ‘वान टु वान’ वार्ता पछि सत्ता नेतृत्व गरिरहेको कांग्रेस ५ दलीय गठबन्धनको विकल्प खोज्न तयार देखिएको हो ।

संसद भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच भएको छलफलबाट बाहिरिएका कांग्रेस महामन्त्री गगन थापाले आजै साँझ एमालेसँग निर्णायक छलफल हुने बताएका छन् । ५ दलीय गठबन्धनको औचित्य सकिएको बताएका उनले साँझ सबै विषयमा एमालेसँग छलफल हुने बताए ।

“यो गठबन्धन अघि जाँदैन, धरापमा पुगिसक्यो, एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन”, एमालेसँगको छलफलबाट बाहिरिएका उनले भनेका छन्, “ प्रधानमन्त्रीजीले ओलीजीलाई तपाईंहरुले नै दर्ता गर्नुभएको सम्झौता हामीले अगाडि बढाएका हौं, यो देशकै प्रतिष्ठाको विषय हो, यसलाई पास गरौं भनेर आग्रह गर्नुभयो, साँझ दुवै पक्षबीच निर्णायक छलफल हुन्छ ।”

एमालेले राखेका सबै अडानका विषयमा छलफल गर्न आफुँहरुले सहमति जनाएको थापाले बताए । “तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔँ”, देउवाले ओलीसँग गरेको प्रस्तावबारे महामन्त्री थापाले भने ।

माधवकुमार नेपालसहितका १४ सांसद वा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिने विषयमा एमालेले अडान राखिरहेको छ । कांग्रेस उच्च स्रोतले बताएअनुसार देउवा सभामुख सापकोटालाई बर्हिगमन गर्ने विषयमा समहत नजिक छन् । जुन साँझ हुने छलफलबाट निर्णय हुनेछ ।

सम्बन्धित समाचार

एमसीसी सकस : सत्ता साझेदारसँग कुरा नमिलेपछि ओली गुहार्दै देउवा

वि.सं.२०७८ फागुन १२ बिहीवार १७:३२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...