
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा अहिले नेपाल भरीनै प्रदर्शनहरु भइरहेको छ । फागुन ८ गते आइतवार अनुमोदनका लागि सदनमा पेश गरिएको एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोधका कार्यक्रमहरु भइरहेको छ ।
बिहिबार विभिन्न दल तथा तिनका भातृ संगठनहरुले नयाँ बानेश्वरमा विरोधका कार्यक्रम गरेका छन् । नेकपा माओवादी केन्द्र निकटका भातृ संगठन लगायतले विरोधका कार्यक्रम गरेका थिए ।