back
CTIZAN AD

सरकार छाड्ने तयारीमा माओवादी केन्द्र, खुमलटारमा बिहानैदेखि छलफल

वि.सं.२०७८ फागुन १३ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसको लागि माओवादी केन्द्रका शीर्ष तहका नेताहरु शुक्रबार बिहानैदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा छलफलमा छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा आ–आफ्नो बाटो लाग्ने सहमति भएको थियो । देउवाले एमसीसी पारित गरेरै छाड्ने बताएका छन् ।

माओवादी नेताहरु देउवाको जवाफका आधारमा अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफलमा जुटेका हुन् । नेताहरुबीच मन्त्री फिर्ता बोलाइ हाल्ने वा पर्खिने भन्ने विषयमा सहमति भइ नसकेको बुझिएको छ ।

एमसीसीसँगको सम्झौतालाई समर्थन नगर्ने निर्णय गरेकाले माओवादी केन्द्र, कांग्रेससँग अलग्गिनुपर्ने दबाबमा छ । उसले हिजै आफ्नातर्फका मन्त्रीलाई जुनसुकै बेला सरकार छोड्नुपर्ने भएकाले मानसिक रूपमा तयार रहन भनिसकेको बताइएको छ ।

यता माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाउने तयारी गरिरहेका बेला कांग्रेस र एमालेका शीर्ष नेताहरु छलफलको तयारीमा छन् । सत्ता गठबन्धन भंग हुने सम्भावना बढीरहेको बेला दुई दल सघन छलफलमा छुटेका हुन् ।

दुई दलबीच एमसीसी अनुमोदनसँगै सरकारमा सहकार्य गर्ने विषयमा छलफल हुने बुझिएको छ । बिहीबार स्थगित संसद बैठक दिउँसो १ बजेदेखि बस्दैछ । बैठकमा कांग्रेस र एमाले एमसीसीको विषयमा साझा मत लिएर जाने तयारीमा छन् ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:०४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...