back
CTIZAN AD

देउवा-ओली भेट, एमसीसी सहमतिका लागि देउवाको प्रस्तावमा ओलीको पुरानै अडान

वि.सं.२०७८ फागुन १३ शुक्रवार

939 

shares

काठमाडौं । लामो समय संसद अवरुद्ध गर्दै आएको एमालेले संसदमा आफुलाई छलफल गर्न मिल्ने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेको छ ।

सत्तारुढ गठबन्धन दलभित्र आफ्नै सहयात्री नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरुसँग एमसीसीबारे सहमति जुटाउन नसकेपछि निरन्तर एमाले अध्यक्ष केपी ओलीसग वार्तामा रहेका प्रधानमन्त्री समक्ष एमाले अध्यक्ष ओलीले शुक्रवार भएको भेटमा पनि सोहि आग्रह दोहोर्याएका हुन् ।

शुक्रवार बालकोटमा भएको प्रधानमन्त्री देउवासँगको भेटमा एमसीसीका विषयमा आफुले निर्णय दिने बताउँदै तर त्यसका लागि सदनमा वातावरण मिलाउन ओली आग्रह गरेका हुन् । ओलीले आफुले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस्ने वा सभामुखको राजीनामाको वातावरण बनाउनका लागि पुरानै शर्त दोहोर्याएका छन् ।

त्यसैगरी प्रधानमन्त्री देउवाले सबैको सहमतीमा एमसीसी अनुमोदन प्रक्रिया टुंग्याउनुपर्ने र त्यसमा एमालेको साथ अपरिहार्य रहेको बताएका थिए ।

वार्तामा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले –‘अध्यक्षज्यूले एमालेलाई प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो, त्यसमा सभामुख अग्नि सापकोटालाई हटाउने र १४ जना सांसदलाई कारबाही गर्ने विषय केन्द्रित थियो ।’

ज्ञवालीले अध्यक्ष ओलीको उक्त सवालमा देउवासँग ठोस जवाफ नभएको बताउँदै गठबन्धनभित्रकै सहयात्रीसँग अविस्वास बढेर गएको बेला देउवा गम्भीर देखिएको पनि बताए ।

त्यसैगरी सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री देउवाले अधिकतम सहमतिका साथ एमसीसीलाई सदनबाट अनुमोदन गर्ने विषयमा सहयोग तथा सहमतिको प्रस्ताव गरेको बताए । कार्कीले आजको छलफलमा पनि त्यस्तो कुनै निर्णायक सहमति नभएको र वार्ता र संवाद जारी रहने समेत बताएका छन् ।

गत आइतवार संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे प्रधानमन्त्रीले एमाले अध्यक्षसँग पटक–पटक गर्दै आएको छलफलमा अध्यक्ष ओलीले सभामुखको राजीनामा र १४ सांसदलाई कारबाहीको सूचना टाँस गरेमा मात्रा संसद सूचारु हुने वातावरण बन्ने अडान राख्दै आएको छ ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार २१:३९ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले...

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको तीन...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

समितिले थाल्यो कानुन कार्यान्वयन अवस्थाको अध्ययन

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न...

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति

काठमाडौँ । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा...