back

भारतले गर्यो क्लिन स्विप, श्रेयस अय्यरले जडे लगातार तेस्रो अर्धसतक

वि.सं.२०७८ फागुन १६ सोमवार

546 

shares

१६ फागुन, काठमाडौँ । भारत र श्रीलंका बिचको तेस्रो तथा अन्तिम टि-२० मा भारतले ६ विकेटले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा कप्तान दासुन शनाकाले सर्वाधिक ७४ रन बनाएका थिए । भारतका लागि बलिङ्ग तर्फ भने आवेश खानले सर्वाधिक २ विकेट हात पारेका थिए ।

श्रीलंकाले दिएको १४७ रनको लक्ष्य भारतले १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि श्रेयस अय्यरले ४५ बलमा ७३ रनको विस्फोटक पारी खेलेका थिए । उनको यो ३ खेलेको टि-२० श्रृखलामा लगातार तेस्रो अर्धसतक थियो । त्यसैगरी रोहित शर्माले ५, सञ्जु सैमसनले १८ दिपक हुड्डाले २१, वेंकटेश अय्यरले ५ र रविन्द्र जडेजाले २२ रनको योगदान दिएको थिए । श्रीलंकाका लागि बलिङ्गमा लाहिरु कुमारले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जितसँगै भारतले ३ खेलको टि-२० श्रृखला ३ ० ले क्लिन स्विप गरेको छ ।

वि.सं.२०७८ फागुन १६ सोमवार १०:०७ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...