back
CTIZAN AD

जिल्लाको चालू आवको अर्धवार्षिक समीक्षा सम्पन्न

वि.सं.२०७८ फागुन १६ सोमवार

768 

shares

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न आज भएको छ । सङ्घीय, प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहको आव २०७८÷०७९ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र सङ्घीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका छ महिनामा भएको प्रगतिकाबारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा जिसस भक्तपुरका प्रमुख नवराज गेलालले नगरपालिकादेखि कार्यालयसमेतले आफ्नो प्रस्तुतीकरण गर्ने तर छलफलमा नबसी जाने गर्नु गलत भएको बताए । समीक्षामा नगरपालिकाको समस्या, चुनौती, पुँजीगत खर्चको प्रगति कस्तो छ, केही देखिएन भन्दै उनले पालिकाले ऐन, नियम नबनाउने तर कार्यविधि धेरै बनाएर पालिका चलाउने गरेको पाइएकाले यो गलत भएको बताए ।

कार्यक्रममा जिससकोतर्फबाट जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले प्रगति विवरण प्रस्तुत गरेका थिए भने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा उपप्रमुख जुना बस्नेतको सहभागितामा प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेलले अर्धवार्षिक प्रगति पेस गर्नु भएको थियो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको तर्फबाट प्रशासकीय प्रमुख हरिप्रसाद चापागाईं, सूचना अधिकृत सिद्धान्त न्यौपाने, मध्यपुरथिमि नगरपालिकाबाट प्रमुख इञ्जिनीयर सत्यनारायण शाह र भक्तपुर नगरपालिकाबाट प्रशासकीय प्रमुखले आफ्ना नगरपालिकाको छ महिनाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

अधिकांश नगरपालिकाले विगत छ महिनामा पुँजीगततर्फ २६ प्रतिशतसम्म र चालूतर्फ ४० प्रतिशतसम्म मात्रै प्रगति भएको विवरण पेश गरेका थिए । चुनाव नजिकिँदै गइरहेको अवस्थामा चालू आवको बाँकी समयमा प्रगतिलाई बढाउन चुनौती रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा समीक्षा प्रस्तुत गर्न तय भए पनि ५० प्रतिशत कार्यालयले उपस्थिति नै जनाएनन् ।

 

वि.सं.२०७८ फागुन १६ सोमवार १६:३९ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...