back
CTIZAN AD

आज १८० जनामा कोरोना संक्रमण, ४ सय जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन १६ सोमवार

972 

shares

काठमाडौं । नेपालमा आज १८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ८,३४१ नमुना परीक्षणमा १८० जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १८० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ४५ पुगेको छ । ती मध्ये आज निको भएका ४०० जनासँगै हालसम्म निको हुनेको ंसंख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

त्यसैगरी नेपालमा हाल ८ हजार २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ८ हजार २१ जना होम आइसोलेशन र २१४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ८० जना आइसीयु र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप १ लाख ४१ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म ३ करोड ७१ लाख २५ हजार ७३२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । जसमा १ करोड ८४ लाख ८८ हजार ३० जनामा पहिलो मात्रा र १ करोड ७४ लाख ९० हजार ४७३ जनाले दोस्रो मात्राको खाप लगाएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म ११ लाख ४७ हजार २२९ जनामा अतिरिक्त मात्राको खोप लगाइएको छ ।

आज कोरोनाबाट १११ संक्रमित, ४१५ संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन १६ सोमवार १६:३२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...