back
CTIZAN AD

वामेदवको उदाहरण दिँदै नारायणकाजीप्रति प्रचण्डको टिप्पणी : पार्टी फुटाएर हिँडेका थिए, एक सिट आएन

वि.सं.२०७८ फागुन १६ सोमवार

984 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी अनुमोदनको विरोध गर्ने नेता नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले नारायणकाजीलाई जनता र कार्यकर्ताले साथ नदिने बताए ।

नेता श्रेष्ठलाई पार्टीभित्र मात्रै फरक मत राख्न भनेको तर, श्रेष्ठले त्यसलाई उल्लंघन गरेको प्रचण्डको भनाई छ । महाकाली सन्धीलाई सम्झिँदै एमसीसीको विरोध गर्दैमा माओवादीका कार्यकर्ता नारायणकाजीको पछाडी नजाने बताए। उनले महाकाली सन्धीका बेलामा वामदेव गौतमले विपक्षमा उभिएर पार्टी फुटाएको भए पनि पछि चुनावमा एक सिट पनि नआएको स्मरण गराए।


“मतभेद राख्ने अधिकार हुन्छ पार्टीमा सबैको एक मत त हुन्न। तपाईं केन्द्रीय कमिटीमा राख्नुस भने। उहाँलाई बाहिर नभन्नुस भने। तर उहाँले बाहिर राख्नुभयो। उहाँलाई यसो गर्दा पार्टीका सबै कार्यकर्ता म तिर आउछन् जस्तो लागेको छ। यदि त्यसो भएको भए महाकाली सन्धीमा वामदेव झण्डै आधा कार्यकर्ता लिएर जानुभयो तर पछि चुनावमा एक सिट पनि आएन”, प्रचण्डले भने।

नेता श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेकोमा विरोध जनाएका थिए । उनले एमसीसी पारित भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका थिए ।

सम्बन्धित समाचार

एमसीसी अनुमोदन हुँदा देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

वि.सं.२०७८ फागुन १६ सोमवार १६:२१ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...