
१८ फागुन, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० खेलाडीको नयाँ वरियता सार्वजनिक भएको छ । आईसिसिएको नयाँ टि-२० वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने र कुशल भुर्तेलको वरियतामा सुधार आएको छ ।
नयाँ वरियता अनुसार बलिङ्ग तर्फ सन्दिप लामिछाने ७ स्थान माथि उक्लिदैँ ३६ औँ स्थानमा पुगेको छन । यस अघि उनी ४३ औँ स्थानमा रहेका थिए । त्यसैगरी ब्याट्सम्यान कुशल भुर्तेलले पनि ८ स्थान सुधार गर्दै ३१ औँ नम्बरमा उक्लिएका छन् । यसअघि उनी ३९ औँ स्थानमा रहेका थिए ।
वि.सं.२०७८ फागुन १८ बुधवार १६:५३ मा प्रकाशित