back
CTIZAN AD

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

वि.सं.२०७८ फागुन १९ बिहीवार

1K 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

फागुन १५ गते अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि गठबन्धन दलका र्शीर्ष नेतृत्वहरुको यो पहिलो बैठक हो ।

उक्त बैठकमा सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

बैठकमा गठबन्धन दलमध्ये राष्ट्रिय जनमोर्चा भने सहभागी छैन । एसीसी परियोजना संशोधन नगरी अनुमोदन गरिएकोमा असन्तुष्टि जनाएको जनमोर्चाले सोमबार पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

जनमोर्चाले माओवादी र एकीकृत समाजवादीले ‘व्याख्यात्मक’ प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र रहेको आरोप लगाउदै गठबन्धनबाट अलग भएको विज्ञप्ति जारी गरेको थियो । file photo

वि.सं.२०७८ फागुन १९ बिहीवार १०:०६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...