back
CTIZAN AD

६ महिनामा १२ घण्टा २९ मिनेट बसेको संसद् बैठकको खर्च ३४ करोड !

वि.सं.२०७८ फागुन १९ बिहीवार

957 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक विगत ६ महिनादेखि अवरुद्ध छ । नेकपा एमालेले आफुले कारबाही गरेका सांसदहरुलाई कारबाहीको सूचना टाँस नगरेको भन्दै ६ महिनादेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । यो अवधिमा संसदको नवौ अधिवेशन र दसौं अधिबेशनमा जम्मा १२ घण्टा २९ मिनेट मात्र संसदको बैठक बसेको छ । जसमा सबैभन्दा बढी लामो समय फागुन १५ गते एमसीसी सम्झौता अनुमोदनका लागि बसेको थियो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारितका लागि फागुन १५ गते बसेको सदनको पहिलो बैठ २ घण्टा ५८ सेकेन्ड र दोस्रो बैठक १ घण्टा २४ मिनेट १८ सेकेन्ड बसेको छ । त्यो बाहेक भदौ २३ गते यता नवौं र दशौं अधिेवेशनका बैठकहरु ७ मिनेट देखि १ घण्टासम्म बसेको रेर्कड बिहीबारको कान्तिपुर दैनिकले लेखेको छ ।

जस अनुसार भदौ २३ गते पहिलो, दोस्रो र तेस्रो गरी तीनपटक बैठक बसेको छ । । जसमा पहिलो ११ मिनेट २७ सेकेन्ड, दोस्रो २१ मिनेट ५८ सेकेन्ड र तेस्रो बैठक २ मिनेट ४९ सेकेण्ड बसेको छ ।

त्यसैगरी भदौ २५ मा पहिलो १८ मिनेट ४६ सेकेन्ड, दोस्रो ३४ मिनेट र तेस्रो ३४ मिनेट १४ सेकेन्ड बैठक बसेको छ ।

त्यसैगरी भदौ २७ गते १७ मिनेट ४१ सेकेन्ड, २७ गते १७ मिनेट ४१ सेकेन्ड, २९ गते १३ मिनेट ५१ सेकेन्ड बैठक बसेको थियो ।

असोज ४ गते ५३ मिनेट २९ सकेन्ड, असोज ७ गते २६ मिनेट ८ सेकेन्ड, ११ गते ६ मिनेट १२ सेकेन्ड, असोज १४ गते ९ मिनेट, असोज १९ गते ८ मिनेट ९ सेकेन्ड, २२ गते २९ मिनेट ५५ सेकेन्ड र २५ गते १३ मिनेट ५२ सेकेन्ड मात्र बैठक बसेको छ । साथै कात्तिक ११ गते १२ मिनेट ५९ सेकेन्ड बैठक बसेको थियो ।

त्यसैगरी संसदको दशौं अधिबेशन अन्तर्गत बसेको बैठकको समय ७ घण्टा ५ मिनेट रहेको छ । जसमा मंसिर २८ गते २५ मिनेट ४१ सकेन्ड, पुष ६ गते २६ मिनेट ४६ सकेन्ड, पुष ७ गते ४७ मिनेट २२ सेकेन्ड र फागुन ४ गते १५ मिनेट १५ सेकेन्ड, फागुन ६ गते १० मिनेट २२ सेकेन्ड, एमसीसी सम्झौता अनुमोदनका लागि बसेको फागुन १५ गते पहिलो बैठक २ घण्टा २४ मिनेट ५ सेकेन्ड र दोस्रो बैठक १ घण्टा २४ मिनेट १८ सेकेन्ड बसेको छ भने फाुगन १८ गते बैठक पनि ७ मिनेट ३६ सेकेन्डमै स्थगित भएको थियो ।

साउनदेखि फाुगन सम्म ३४ करोड खर्च
साउनदेखि फागुनसम्म बसेको संसदको नवौं र दशौं अधिबेशनको बैठकको खर्च ३४ करोड रहेको छ । जसमा सांसद तथा पदाधिकारीको तलब १५ करोड १० लाख, स्वकीय सचिवको तलब १० करोड २८ लाख, बैठक तथा यातायात भत्ता २ करोड ४० लाख, घरभाडा लगायत सुविधा ४ करोड ३८ लाख, संसदीय समितिको कार्यक्रम र भ्रमण खर्च ७५ लाख, सदन आव्हान र अन्त्य गर्दा (घर आउजाउ खर्च) ८६ लाख ५० हजार, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्षको तलब १४ लाख, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिवालयका कर्मचारीको तलब ४० लाख र पदाधिकारीको भ्रमण खर्च ८ लाख रहेको छ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार ०९:२१ मा प्रकाशित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...