back
CTIZAN AD

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु

वि.सं.२०७८ फागुन १९ बिहीवार

1.4K 

shares

पर्वत । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् ।

अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो कार्य सुरु गरेको हो । गरिब परिवार पहिचान गरी उनीहरुलाई राज्यको तर्फवाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन गर्न थालिएकोले सही र सत्य विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ ।

यसको मूल्याङ्कन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ । गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरिवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्याङ्क सङ्कलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए ।

स्थानीय तहहरुले मातहतका बासिन्दालाई सही तथ्याङ्क टिपाउन आग्रह गरेका छन् । उनीहरुले जति धेरै सत्यतथ्य सूचना सङ्कलन भयो त्यतिनै धेरै राज्यलाई सहजता र प्रत्यक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिससले तालिमसमेत दिइसकेको छ ।

 

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:१५ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...