back
CTIZAN AD

सनराइज बैंकको ८७ औं शाखारहित बैंकिङ्ग सेवा शान्तिचोक, सिस्ने, झापामा

वि.सं.२०७८ फागुन १९ बिहीवार

834 

shares

१९ फागुन, काठमाडौँ । सनराइज बैंक लिमिटेड बुधबारे शाखाको आयोजनामा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.१, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ ।

बैंकले अर्जुनधारा नगरपालिका वडा नं.१, शान्तिचोक, सिस्नेझापामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ ।

सोमबार मा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिका वडा नं. १का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व सनराइज वैंक लिमिटेड बुधबारे शाखाकी शाखा प्रबन्धक गीता खतिवडाले गरेकी थिइन् ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:२१ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...