back
CTIZAN AD

‘ग्याल्पो ल्होसार’को शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वले राष्ट्रिय एकता बलियो बनउने : मुख्यमन्त्री शाही

वि.सं.२०७८ फागुन १९ बिहीवार

660 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।

शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका ठाउँमा नयाँ ध्वजा राखी नौ प्रकारका अन्न मिसाइएका अन्न खाँदै नयाँ वर्ष स्वागत गरेर मनाउने यस पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पु¥याएको उनले बताएका छन् ।

मुख्यमन्त्री शाहीले शुभकामनामा भनेका छन्, “बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र भौगोलिक विविधताले भरिपूर्ण देश नेपालमा विद्यमान पर्वमध्ये आज परेको ‘ग्याल्पो ल्होसार’ले नेपालीमाझ आपसी सद्भाव, विश्वास, एकता, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने विश्वास लिएको छु ।” यस पर्वले नेपालीहरुमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने उनले कामना गरेका छन् ।

 

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:३० मा प्रकाशित

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...