काठमाडौं । मधेश प्रदेश सरकार समाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनुषाले प्याथोलोजिष्ट र माइक्रोबायोलोजिष्ट पदका लागि करारमा कर्मचारी माग गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै उक्त पदका लागि करारमा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । अन्य थप जानकारीका लागि मन्त्रालयको फोन नं. ०४१(५९०२६७, इमेल: pphl2janakpur@gmail.com वा वेवसाइट: www.pphl.p2.gov.np मा हेर्न सकिने छ ।
सूचना :

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:३३ मा प्रकाशित






























