back
CTIZAN AD

समिक्षा–पल प्रकरणः निपेश भन्छन, बालिकामाथि पीडा थप्ने काम नगरौ

वि.सं.२०७८ फागुन १९ बिहीवार

993 

shares

अष्ट ज अभियन्ता तथा वातावरण विज्ञ निपेश ढाकाले बाल गायिका समिक्षा अधिकारीलाई थप पीडा थप्ने कामगर्न नहुने सुझाएका छन् ।
बाल गायिका समिक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल साहले आफुमाथि बलत्कार गरेको आरोपसहित तनहुँ प्रहरीमा मुद्दा दायर गरेपछि यतिबेला समाज दुई पक्षमा विभाजित भएको छ । केहीले यस घटनामा समिक्षाको गल्ती बताएका छन् भने केहीले उमेरले परिपक्व बनेका पल साहले बालिकामाथि गरेको यस्तो हरकतका कारण उनले सजाय पाउनुपर्ने माग गरिरहेका बेला ढाकाले पनि घटनालाई बढी तानेर पीडितलाई झन पीडित बनाउन नहुने बताएका छन् ।

‘बालिकाको गायन र क्यारियरको क्रममा उनको लोकप्रियता र कमाईको हिसाबले परिवारले लापरवाही गरेको देखिन्छ । वालिकाको संरक्षणमा परिवार चुकेको देखिन्छ, जुन कुरा अन्तरवार्ता र अडियोबाट थाहा हुन्छ,’ ढाकाले सामाजिक संजालमा लेखेका छन्, ‘तथापि घटना चरणबद्दमा भएको र वालिका अन्धभक्त भएको कारण यो समस्या बाहिर आएको देखिन्छ ।’

ढाका भन्छन्–
गायिका वालिकाको बलत्कार काण्डमा नायक पल शाह अहिले दमौली कारागारमा छन् । जुन म बस्ने ठाउँबाट मात्र १०० मिटर टाढा छ । पल शाह प्रहरी समक्ष उपस्थित हुँदादेखि आजसम्म म त्यहाँको बाह्य वातावरणसँग प्रत्यक्ष जानकार छु । व्यक्तिगत हिसाबले मेरो र पल शाहको चिनजान राम्रो छ । त्यस्तै पीडित बालिकाका केहि गीत मात्र सुनेको थिए उनीसँग मेरो चिनजान भेटघाट छैन् । तथापि उनी मेरो गाउँसँगै जोडिएको अर्काे वडा लाहाचोक गाउँकी चेली हुन् । नातामा छोरी पर्छिन । जिल्ला प्रहरी कार्यालय बाहिर पल शाहका समर्थक र उनको समर्थनमा धेरै भिड जम्मा हुने गर्छ । युटुवर र पत्रकारले जवरजस्ति धेरै किशोरी तथा बालिका र समर्थकलाई जम्मा गरेरर भिडियो बनाएका दृष्य, मानिसको भिड, उनीहरुका कुरा सुन्दा र देख्दा लाग्छ यो समाज कता जाँदैछ । विभिन्न कथित सेलिब्रेटिहरु सेलिब्रेटि बन्नकै लागि जिल्ला प्रहरी कार्यलयमा पल शाहलाई भेट्न आउने गरेका छन् ।

केहिले व्यक्तिगत लाभ र फाइदाका लागि आउने गरेका छन् हिजो भर्खरै रिलिज भएको फिल्मको पल साहकी नायिकाको उपस्थित हुँदाको हर्कत हेर्न लायकको थियो । पलशाहका समर्थकले यसरी आक्रमण शैलीमा गरिएको नारा जुलसले पल लाईनै समस्या पर्ने देखिन्छ । त्यो भिडमा बोलिएका शब्द र क्रियाकलापले पीडित पक्षको पीडालाई झन् बल्झाउने खालको छ । सामाजिक क्रियाकलापमा त झन् बिजोग छ । अदालत, न्यायालय, प्रहरी प्रशासनसँग पुगिसकेको यो मुद्दा किन यति ठुलो हल्लाखल्ला गरिँदै छ । बालिकाको गायन र क्यारियरको क्रममा उनको लोकप्रियता र कमाईको हिसाबले परिवारले लापरवाही गरेको देखिन्छ । वालिकाको संरक्षणमा परिवार चुकेको देखिन्छ, जुन कुरा अन्तरवार्ता र अडियोबाट थाहा हुन्छ तथापि घटना चरणबद्दमा भएको र वालिका अन्धभक्त भएको कारण यो समस्या बाहिर आएको देखिन्छ । मन चञ्चल, शारिरिक बनावटमा अपरिपक्कताको कारण नै वालिका भनिएको हो ।

अर्काे कुरा पल शाहले के गल्ति गरे भन्ने बारेमा केही लेख्न चाहिनँ । परिपक्क ३३ बर्षे लोकप्रिय नायक आफुँभन्दा आधा उमेरकी वालिकासँग सम्बन्ध राखेको उजुरीबाट थाहा लाग्छ । मुद्दा ठाउँमा पुगिसकेको छ । नेपालको यो विषयमा कानुन अनुसार पीडितले पल शाहलाई चाहेमा १२ बर्ष जेलमा राख्न सक्छिन । यदि पीडितलाइ चिढ्याइयो भने पल साहलाइ नै घाटा छ । यो मुद्दामा पल साहका समर्थक नै पलसाहका बाधक बन्न सक्छन् । जे गर्छ कानुनले गर्छ । समन्यम बनौं, अपबाफ नफैलाउँ ।’

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:३७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...