back
CTIZAN AD

‘देशको स्वाभिमान झुक्न दिइँदैन’ : मन्त्री गहतराज

वि.सं.२०७८ फागुन १९ बिहीवार

780 

shares

काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् । काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरेका छन् ।

“एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक टिप्पणीको बेवास्ता भए हामीले मानिहाल्नुपर्ने अवस्था रहन्न” उनले भने ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री रत्न ढकालले शहीदको रगतले नयाँ नेपाल बनाउने प्रेरणा मिलेको जनाउँदै राजनीतिक स्थिरता तथा समाजवाद उन्मुख परिवर्तनको आवश्यकता औंल्याए ।

सांसद गङ्गाबहादुर दोङले एमसिसीका विषयमा सकारात्मक पहलबाट देश विभाजन हुनबाट जोगिएको धाराणा राखे । पूर्व राज्यमन्त्री सूर्यमान दोङले एमसिसीलाई आधार बनाइ संविधानमाथि गर्न खोजिएको आक्रमण सुझवुझपूर्ण ढङ्गले टारिएको बताए ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का प्रदेश सदस्य लोकबहादुर गौतम, नेकपा (माओवादी केन्द्र)को काभ्रेपलाञ्चोक अध्यक्ष रुकु चौलागाईं, चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम, रामेछापको सुनापति गाउँपालिका अध्यक्ष दावा लामा, चौंरीदेउराली गाउँपालिका – ३ का वडाध्यक्ष विनोद घिसिङ र ७ का वडाध्यक्ष वीरबल लामालगायतले शहीदको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रमका अवसरमा मन्त्री गहतराजले गाउँपालिकाद्वारा आफ्नो क्षेत्रका सशस्त्र द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका ३५ परिवारलाई चालू आर्थिक वर्षबाट मासिक रु दुई हजार दिने घोषणा गरेअनुसारको रकम लक्षित परिवारलाई सम्मानसँगै हस्तान्तरण गरका थिए ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १२:५३ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...