Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्ड र माधवले किन निर्लज्ज भएर एमसीसी रोजे ?



स्केच : लोकान्तर अनलाइनबाट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्र र नेपाली जनताभन्दा सत्ता गठबन्धन र अमेरिकी साम्राज्यवादको सर्त ठूलो लागेको देखियो। आफैंले पहिले एमसीसी सम्झौता देश र नेपाली जनताको हितमा नभएकोले हुबहु पारित गर्न नसकिने र परिमार्जनसहित पारित गरिने धारणा राख्दै आएका थिए ।

तर, शेरबहादुर देउवा र प्रचण्डले पत्र लेखेर यही २०७८ फागुन १६ गते ९२८ फेब्रुअरी २०२२० सम्मको म्याद मागेकोमा त्यस दिनसम्म एमसीसी सम्झौता पारित नगरेमा नेपालका सत्ताधारी गठबन्धनको नेतृत्व गरेका दलहरुलाई जुनसुकै बखत कारबाहीको लिस्टमा पार्न सक्ने, नेपालसँग ७५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध बिग्रिने धम्की दिए पछि देउवा र प्रचण्ड निकै अत्तालिए । दुवै जना राष्ट्रिय सहमति कायम गरौं भन्दै आलोपालो गरेर लाजै पचाउँदै केपी ओलीको निवास बालकोट धाइरहे । तर, ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई नहटाएसम्म र सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग नलगाएसम्म आफूले सहयोग नगर्ने पुरानै अडान राख्दै आएका थिए ।

आफैंले पहिले एमसीसी सम्झौता देश र नेपाली जनताको हितमा नभएकोले हुबहु पारित गर्न नसकिने र परिमार्जनसहित पारित गरिने धारणा राख्दै आएका थिए ।

तर पछिल्लो अबधिमा पाँच दलीय गठबन्धन भत्काए पछि कांंग्रेस र एमालेको सहकार्यमा सरकार सञ्चालन पनि गर्ने र एमसीसी पनि पारित गर्ने संकेत ओलीले शेरबहादुर देउवालाई दिएपछि प्रचण्ड र माधवकुमार नेपालको होसहवास उड्यो । उनीहरूले १२ बुँदे नाङ्गो कागजी खोष्टोको (व्याख्यात्मक पुरक प्रस्ताव) नाटक मञ्चन गरेर देश र जनतालाई दाउमा राखेर पाँच दलीय गठबन्धन पनि जोगाउने र राष्ट्रघाति एमसीसी पनि पारित गराउन तयार भए । यही फागुन १५ गते राती ठिक ८ः५७ मा राष्ट्रघाति एमसीसी सम्झौता संसदबाट बहुमतबाट पारित गराउन सफल भए ।

यही १७ गते एक पत्रकार सम्मेलनको आयोजना गरेर प्रचण्डले घोषणा गरे “एमसीसी सम्झौता पारित भए पछि गौरवको अनुभूति भएको छ” आफ्नो देश लिलामीमा राख्दै गर्दा गौरवको अनुभूति गर्ने बिना लाजका प्रचण्ड र माधवले सिक्किमलाई २०३२ सालमा भारतमा विलय गराउने लेन्दुप दोर्जेभन्दा अझै ठूलो र खतर्नाक देशद्रोहीको बिल्ला भिर्ने त होइनन् भन्ने प्रश्न उठेको छ ।

देश र जनताभन्दा सत्ता प्यारो ठान्ने दलाल चरित्रका नेताहरुको पछि लागेर जीवन खेर फाल्ने कि विकल्क सोंच्ने ? अब माओवादी केन्द्र र एकीकृत समाजवादीका सच्चा तथा राष्ट्रवादी नेता तथा कार्यकर्ताहरुले हेडक्वाटरहरुमा बमबार्ड गर्दै विद्रोह गर्ने कि सँगसँगै मलखाखमा पुरिने भन्ने प्रश्न खडा भएको छ ।

एमसीसी संसदबाट पारित गराउन मुख्य भूमिका निर्वाह गर्दै आएका प्रचण्ड–माधवकुमार नेपालहरु आज साँच्चिकै लेन्दुप दोर्जे बन्न पुगेका छन् र उनीहरूको इतिहास अब नेपालको राजनीतिक इतिहासमा कालो अक्षरले लेखिनेछ । हामी क्रान्तिकारी कम्युनिस्टहरुले त नेपालका कम्युनिस्ट आवरणभित्रका नामधारी (नक्कली कम्युनिस्टहरूलाई पहिलेदेखि नै देशीविदेशी प्रतिक्रियावादीहरु गोटी मात्रै होइनन् साम्राज्यवाद तथा विस्तारवादका दलाल हुन् भन्दै आएका थियौं । तर नेपाली जनता त उनीहरूलाई नै असली कम्युनिस्टहरू हुन् भन्ने बुझाई थियो । यस परिघटनाबाट कम्युनिस्ट खोल ओ‍ढेका दलालहरुलाई राम्ररी चिन्ने मौका पाएका छन् ।

अब यति भइसके पछि एउटा साँचो कुरा के हो भने देश र जनताभन्दा सत्ता प्यारो ठान्ने दलाल चरित्रका नेताहरुको पछि लागेर जीवन खेर फाल्ने कि विकल्क सोंच्ने ? अब माओवादी केन्द्र र एकीकृत समाजवादीका सच्चा तथा राष्ट्रवादी नेता तथा कार्यकर्ताहरुले हेडक्वाटरहरुमा बमबार्ड गर्दै विद्रोह गर्ने कि सँगसँगै मलखाखमा पुरिने भन्ने प्रश्न खडा भएको छ ।

(केसी वरिष्ठ मार्क्सवाद लेखक र राजनीतिक विश्लेषक हुनुहुन्छ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा