back
CTIZAN AD

एकजुट हुँदै एमसीसी विरोधी शक्ति, झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने

वि.सं.२०७८ फागुन १९ बिहीवार

837 

shares

काठमाडौं । संसदबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी कार्यान्वयनमा गएसँगै विरोधी शक्तिहरु एकजुट हुने भएका छन् । एमसीसीको विरुद्धमा आन्दोलनमा देखिएका कम्युनिष्ट पार्टी तथा मोर्चाहरु एकजुट हुने भएका हुन् ।

यसअघिदेखि नै एमसीसीविरुद्ध आन्दोलित भएका साना कम्युनिष्ट पार्टी तथा मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित सत्ता बाहिरका साना कम्युनिष्ट पार्टीदेखि सत्तामा रहेका तर, एमसीसीविरुद्धको आन्दोलित नेताहरु सहभागि हुनेछन् ।

खुल्ला मञ्चमा आयोजना हुने सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालदेखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सम्बोधन गर्ने छन् । त्यस्तै सभालाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता भीम रावल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि सम्बोधन गर्ने बताइएको छ ।

एमसीसीको विरोधमा उत्रिएका विप्लव नेतृत्वको नेकपासहितका विभिन्न साना पार्टीहरुले निरन्तर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले यसबीचमा दुईपटक नेपाल बन्दको आयोजना समेत गरे । पछिल्लो सभा पनि विप्लवसहितका साना पार्टीहरुको सक्रियतामा हुन लागेको हो ।

नेकपाका महासचिव विप्लवले एमसीसी अनुमोदन भएसँगै निरन्तर एमसीसी विरोधी नेताहरुबीच भेटवार्ता तथा संवाद गर्दै आएका छन् । उनले एमसीसी विरोधी शक्तिहरुलाई संगठित गर्ने योजना पनि अगाडि सारेका छन् ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १८:०७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...