back
CTIZAN AD

राप्रपा बैठकमा प्रकाशचन्द्र लोहनीको सम्बोधन : ठूला पार्टीका कारण राप्रपामा अनौठो गरि आर्कषण बढ्यो

वि.सं.२०७८ फागुन १९ बिहीवार

1.1K 

shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् । बिहीबार राप्रपा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै डा.लोहनीले राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनताले चाहेको बताए ।

“राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ, यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो”, लोहनीले भनेका छन्, “राप्रपाले महाधिवेशनपछि धेरै ठूलो फड्को मारेको छ ।”

कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरीरहेको उनको भनाई छ । “राष्ट्रवादी, प्रजातान्त्रिक छवी भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्”, लोहनीले भने, “यो लहर, लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ । त्यसकारण समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नु पर्दछ । यो अवस्था आन्तरिक सुक्षबुझ, एकता र आन्तरिक व्यवस्थापनबाट प्राप्त हुन्छ ।”

लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए । उनका अनुसार स्थानीय चुनाव राप्रपाको अनुकुलन बन्दै गएको छ । “वातावरण हाम्रो पक्षमा छ, साथीहरु सक्रियपूर्वक लाग्नुपर्छ”, बैठकलाई सम्बोधन गर्दै उनले भने ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न राप्रपाको बुधबारदेखि केन्द्रीय समिति बैठक बसेको थियो । बिहीबार सम्पन्न बैठकमा नेताहरुले समसामयिक राजनीतिक विषयका साथै स्थानीय निकायको निर्वाचनको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १७:२५ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...