back
CTIZAN AD

एनआरएनएद्धारा जापानपछि यी चार एनसीसीका विषयमा गम्भीर निर्णय

वि.सं.२०७८ फागुन २० शुक्रवार

999 

shares

काठमाडौं । गैआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय समन्वय परिषद (एनसीसी) जापानपछि विभिन्न देशमा रहेका चार शाखाहरुका विषयमा गम्भीर निर्णय गरेको छ ।

यसअघि एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा धाँधली भएको भनेर परराष्ट्र मन्त्रालय, प्रहरी लगायतमा मुद्दा परेपछि त्यसको समाधानका लागि जापानको उक्त कार्यसमिति भंग गरी पुनः निर्वाचनका लागि समिति समेत गठन गरिएको थियो । यद्यपी एनआरएनएको पुनः बसेको बैठकले उक्त समितिलाई मान्यता नदिने समाचार सार्वजनिक भएका थिए ।

एनआरएनए एनसीसी जापानको समस्या समाधान नहुँदै फेरि युरोप लगायतका अमेरिकामा रहेका एनसीसीको समस्या अगाडि आएका छन् । अध्यक्ष कुमार पन्तसहित मार्च २ मा भर्चुअल माध्यमबाट बसेको संघको ८२ औं बैठकले युके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई पन्जिकृत शुल्क सदस्य नतिरहेको भन्दै म्यादसहित शुल्क तिर्न आव्हानसहितको निर्णय गरेको छ ।

संघको १० औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्य शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सम्बन्धमा घनिभूत छलफल गरी सर्वसम्मतले विभिन्न निर्णय गरिएको संघका प्रवक्ता डिबी क्षेत्रीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइनेछ । उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ ,’ प्रवक्ता क्षेत्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ ।’
बैठकले महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजे सम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नु पुर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धति अनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने निर्णय गरेको छ । साथै यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाउने र उच्चस्तरीय समिति स्वतः विघटन हुने समेत बताइएको छ ।

संघको दशौं निर्वाचन पूर्वनिर्धारित समय मार्च २१ र २२ मा हुने
सोहि बैठकले संघको निर्वाचन पूर्वनिर्धारित समय मार्च २१ र २२ तारिखमा गरिने निर्णय यथावत रहेको निर्णय गर्दै मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न समेत सबैपक्षलाई अनुरोध गरेको छ ।

त्यसैगरी निर्वाचन अनुगमन गर्न एक समितिको गठन गरिने बताइएको छ । साथै पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको हालको संरक्षक परिषद्लाई सोहि बैठकदेखि लागू हुने गरी सधन्यवाद विघटन गरेको समेत बताइएको छ ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १०:१० मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...