काठमाडौं । नेपाली कांग्रेस बाँकेमा पुनः मतदान हुने भएको छ ।
सभापतिका लागि बिहीबार भएको निर्वाचनका क्रममा सभापतिका लागि प्रतिश्प्रधी रहेका तीन उम्मेदवार मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो । मतदान बिहान १० बजेपछि हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
बाँके सभापतिका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालले प्रतिश्प्रर्धामा रहेका थिए । उनीहरु तीनमध्ये गौडेल र बादशाह कुर्मीबीच पुनः प्रतिश्पर्धा हुनेछ ।
मतदानका क्रममा कूल खसेको १४४५ मतमध्ये गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ मत पाएका थिए भने २४ मत बदर भएको थियो ।
सभापतिका उम्मेदवार कुर्मी र हमाल सभापति शेरबहादुर देउवा पक्ष र गौडेल नेता शेखर कोइराला पक्ष रहेको बताइएको छ । हमाल लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री समेत हुन् ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:२९ मा प्रकाशित






























