back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि

वि.सं.२०७८ फागुन २० शुक्रवार

939 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि बस्दैछ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार राष्ट्रिय सभागृहमा बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठक आइतवार सम्म चल्नेछ ।

आजदेखि सुरु हुने बैठकमा केन्द्रीय पदाधिकारीको चयन, समसामयिक राजनीतिक विषय, एमसीसीका कारण पार्टीभित्रै चर्किएको अन्तरसंघर्ष लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत पुष ११ देखि १८ गतेसम्म चलेको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिबेशनले २४७ केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको थियो । सोहि केन्द्रीय समितिको आजदेखि बस्ने बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गर्ने बताइएको छ । समथै विधान अनुसार ६३ जना केन्द्रीय सदस्यहरु समेत मनोनित हुने बताइएको छ ।

एमसीसीका विषयमा व्यापक छलफल हुने
गत आइतवार सदनबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि आजको केन्द्रीय समितिको बैठकमा छलफल चल्नेछ । नेकपा माओवादी केन्द्रले संशोधन नगरि सदनबाट एमसीसी अनुमोदन गर्न नमिल्ले अडान राख्दै आएकोमा देश र संविधानको रक्षाका लागि भन्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्न सहमति जनाएपछि पार्टीभित्रै विवाद चुलिएको छ ।

अध्यक्ष प्रचण्ड र पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच यतिबेला एमसीसीकै कारण दूरी बढेको छ । फागुन १६ गते एमसीसी अनुमोदनका विषयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेता नारायणकाजीले पार्टी छोडेर जानसक्ने लगायतका आशय व्यक्त गरेपछि नेता श्रेष्ठ झनै रुष्ट बनेका छन् ।

एमसीसी अनुमोदनका क्रममा समेत पार्टीका नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतले फरक मत राखेका थिए । नेता श्रेष्ठले त ‘एमसीसी पास गरिएको दिनलाई देशभक्त नेपालीले यसलाई कालोदिनका रुपमा लिनुपर्ने’ टिप्पणी समेत गरेका थिए ।

एमसीसी अनुमोदन महाधिबेशनको निर्णय विपरित भएको बताउँदै आएका नेता श्रेष्ठ लगायतले आजको बैठकमा एमसीसी अनुमोदनका विषयमा आफ्ना असन्तुष्टिहरु लिखितरुपमै राख्ने र व्यापक छलफल गर्ने बताउँदै आएका छन् ।

नेता श्रेष्ठले अध्यक्षको आशय पार्टी छोडेरै जाने भन्ने रहेको भए त्यसबारेमा पनि केन्द्रीयसमितिमै छलफल गरिने जनाएका छन् ।
उता अध्यक्ष प्रचण्डले आफ्नो भनाईको आशय त्यस्तो नभएको भन्दै निर्वाचनको संघारमा सबै मिलेरै जानुपर्ने बताउँदै आएका छन् ।

वि.सं.२०७८ फागुन २० शुक्रवार ०९:४२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...