back
CTIZAN AD

सञ्चारमन्त्री कार्की भन्छन्- कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ

वि.सं.२०७८ फागुन २१ शनिवार

819 

shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आज बोल्दै सञ्चारमन्त्री कार्कीले सङ्घीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका हुन्।

“निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु”, उनले भने । सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्वकांक्षालाई थाँती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे। समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताए।

वि.सं.२०७८ फागुन २१ शनिवार १६:३९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

काठमाडौँ । ‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...