back
CTIZAN AD

आन्तरिक तयारी नपुगेपछि ३ घण्टाका लागि सर्‍यो माओवादी बैठक

वि.सं.२०७८ फागुन २२ आइतवार

903 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको समय सारिएको छ। आइतबार बिहान ११ बजेका लागि तय भएको केन्द्रीय समिति ३ घण्टा पछि दिउँसो २ बजेका लागि सारिएको हो ।

आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको नेता गणेश शाहले जानकारी दिएका छन् । उनका अनुसार पहिला केन्द्रीय समितिलाई पूर्णंता दिने पदाधिकारीको विषयमा प्रवेश गर्ने भन्नेमा दुविधा छ । नेताहरु सोही विषयमा छलफलमा जुटेको उनले बताए ।

साथै एमसीसी अनुमोदनको विषयमा देखिएको विवादमा पनि नेताहरुबीच छलफल भइरहेको छ । विशेषतः नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको समूह एमसीसी अनुमोदनप्रति असन्तुष्ट छ । यसअघि शनिबार पनि दिनभर विवादका विषयमा छलफल चलिरहेको थियो ।

माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने र अन्य कार्यसूचीमा प्रवेश गर्ने तयारी छ ।

आइतबार बैठकको अन्य अजेन्डामा केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्नेलगायत रहेको बताइएको छ।

वि.सं.२०७८ फागुन २२ आइतवार ११:४७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...