back
CTIZAN AD

युद्धले आक्रान्त यूक्रेनी जनता : सबै छाडेर भाग्दैछन् ज्यान जोगाउन

वि.सं.२०७८ फागुन २२ आइतवार

933 

shares

काठमाडौं । रुस र युक्रेनबीच विगत १० दिनदेखि युद्ध चलिरहेको छ । पुटिन र जेलेन्स्की दुवै पछि हट्न तयार छैनन्। हरेक दिन खतरा बढ्दै गएको छ ।

भीषण लडाइँको बीचमा युक्रेनका जनता आफ्नो देश र घर छाडेर आफ्नो ज्यान जोगाउन छिमेकी मुलुकमा शरण लिइरहेका छन् । कतिपय मातृभूमिको रक्षाका लागि भन्दै हतियार पनि उठाइरहेका छन् ।

‘दोस्रो विश्वयुद्धको सम्झना गराइदियो’

हलिउड अभिनेता तथा निर्देशक सिन पेनले दोस्रो विश्वयुद्धको ७७ वर्षपछि यो त्रासदीलाई विश्वसामु ल्याउन युक्रेनमा डकुमेन्ट्री बनाउँदै थिए । युद्धको बीचमा युक्रेनमा रहँदा, अभिनेताले त्यहाँको अवस्थालाई नजिकबाट नियाले र थाहा पाए। तर, खतरा बढ्दै गएपछि उनी युक्रेनबाट फिर्ता भए ।

स्वदेश फर्किएर उनले एक अन्तर्वार्तामा युक्रेनको अवस्थाबारे विस्तृत जानकारी दिएका छन्। हलिउड अभिनेताले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको साहसको प्रशंसा गरेका छन् ।

आक्रमणको अघिल्लो दिन जेलेन्स्कीलाई भेट्ने र हमलाको दिनमा फेरि भेट्ने अभिनेता भन्छन्, “मलाई थाहा छैन कि उनी यसका लागि जन्मेका थिए कि भनेर। उनले पूरै युक्रेनलाई जो साहस, मर्यादा, प्रेमले एकताबद्ध गरेका छन्, त्यो नयाँ थियो। म उनीबाट गहिरो प्रभावित छु र युक्रेनका लागि डराएको छु।”

युक्रेनका जनता सबैकुरा छाडेर आफ्नै देश छाडेर गएको दुःखत कुरा उनले बताए । हजारौं मानिसहरूले आफ्नो ठूलो जागिर र बैंक खाताहरू छोड्दै छन्। यस्तो देखिन्छ कि राष्ट्रपति पुटिनले अझै युद्ध समाप्त गर्न लागेका छैनन्। एजेन्सीबाट

वि.सं.२०७८ फागुन २२ आइतवार १२:०५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...