back
CTIZAN AD

ग्यास चुहावट हुँदा आगलागी

वि.सं.२०७८ फागुन २२ आइतवार

777 

shares

बनियानी । ग्यास चुहावट हुँदा आगलागी भएको छ । झापाको बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको हो ।

बिर्तामोड-४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । सो घरमा दूध व्यवसाय गरेर डेरा गरी बस्दै आएका थिए । आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो भने आगलागी सुरु भएको एक घण्टाभित्र पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन २२ आइतवार १६:०३ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...