back
CTIZAN AD

फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते

वि.सं.२०७८ फागुन २२ आइतवार

843 

shares

मेक्सिको सिटी । मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो । यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको थियो ।

सुरक्षा गार्डहरुले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ ।अराजक दृश्यहरू देखा परेको जनाइएको छ । मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन । तर २२ जना घाइते र ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ ।

क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर र हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही माग गरेको छ ।
एएफपी

वि.सं.२०७८ फागुन २२ आइतवार १५:४१ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...