back
CTIZAN AD

संस्कृत माध्यमबाट अध्यापन हुने विद्यालयमा शिक्षककै अभाव

वि.सं.२०७८ फागुन २२ आइतवार

792 

shares

मान्म । संस्कृत माध्यमबाट अध्यापन हुने विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको हो । खाँडाचक्र नगरपालिका-१ मा रहेको सरस्वती गुरुकूल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो ।

विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकूल विद्यालय स्थापना गरिएको थियो । पहिलो चरणमा कक्षा दुई सम्मको अध्यायन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले बताए । “विशुद्ध संस्कृत भाषाबाट विद्यार्थीलाई अध्यापन गराउनका लागि गुरुकूल विद्यालयको स्थापना गरेका हौँ”, उनले भने, “हामीले सरकारी तथा गैरसरकारी निकायको सहयोग नपाउँदा संस्कृत शिक्षक राख्न सकेका छैनौँ ।” विद्यालयमा पाँच कर्मचारी भए पनि संस्कृत पठाउने गुरु नभएको र विद्यालयको भौतिक पूर्वाधारमा पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक शशि आचार्यले बताए ।

“बेञ्च र डेस्क नहुँदा विद्यार्थी भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ”, उनले भने, “अहिले बजेट अभाव छ, संस्कृत भाषा अध्ययन गराउने गुरु पनि छैनन् । प्रत्येक वैशाखमा भर्ना लिई विद्यार्थीलाई खाने, बस्ने सुविधासहितको विद्यालय बनाउने सोच हो । त्यसो गर्न सकिएको छैन ।”विद्यालयमा हाल ९२ विद्यार्थी अध्ययनरत रहेको र जिल्लाका रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिकालगायत स्थानीय तहबाट विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।
रासस

वि.सं.२०७८ फागुन २२ आइतवार १५:२४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...