back
CTIZAN AD

रुसद्धारा यूक्रेनमा दोस्रो पटक युद्ध बिरामको घोषणा

वि.सं.२०७८ फागुन २३ सोमवार

783 

shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको आज १२ औं दिन हो । युद्धको १२ औं दिन रुसले पुनः युक्रेनमा युद्धविराम घोषणा गरेको छ।

यस अवधिमा युद्धमा फसेका मानिसहरूलाई बाहिर निकाल्न मानव करिडोर बनाइने बताइएको छ । रुसले युक्रेनमा युद्धविराम घोषणा गरेको यो दोस्रो पटक हो । यसअघि रुसले दुई सहरमा युद्धविराम गरेको थियो । यद्यपि रुसले केही घण्टामै त्यसलाई समाप्त गरेर बमबारी गर्न थाल्यो ।

यसअघि सोमबार बिहान रुसले युक्रेनको खार्किभ सहरमा रहेका आवासीय भवनहरूलाई निशाना बनाएको थियो। बंकरलगायत सुरक्षित स्थानमा जान मानिसहरूलाई यसअघि नै सल्लाह दिइए पनि अझै केही मानिस त्यहाँ फसेको आशंका गरिएको छ । त्यहाँ, युक्रेनले धेरै रूसी ट्याङ्कहरू नष्ट गरेको दाबी गरेको छ।

घटना हुँदा न्यूयोर्क टाइम्सका पत्रकार लिनसे एडारियो त्यहाँ उपस्थित थिए। प्रत्यक्षदर्शी लिन्सेको शब्दमा मात्रै घटना विवरण…

म कीभको बाहिरी इलाकामा इरपिन नदीको पुल नजिक थिएँ। रुसी सेनालाई अगाडी बढ्न नदिन यो पुल युक्रेन सेनाले उडाएको थियो । आइतबार पनि सहरका धेरै नागरिक यो भत्केको पुल पार गरेर सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए । एक परिवार अरु जस्तै सुरक्षित स्थानमा पुग्न कोशिसमा थिए । तर, त्यतिबेलै त्यतिबेलै ठूलो विष्फोट भयो । कंक्रीटका ठूला ब्लकहरू हावामा उडे । चारैतिर धुलोको बादल मडार्यो । धुलो सफा भएपछि मानिसहरु दौडिरहेको देखे तर, त्यो परिवार कतै देखिएन ।

आमा र बच्चाको शव सडकमा परेको थियो । पुरुष गम्भीर घाइते भएका छन् । युक्रेनी सैनिकहरूले उनलाई बचाउन खोजिरहेका थिए।

वि.सं.२०७८ फागुन २३ सोमवार १२:०१ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...