back
CTIZAN AD

माओवादी बैठक : एमसीसीबारेको फरक मतमाथि चुनाव पछि मात्रै छलफल

वि.सं.२०७८ फागुन २३ सोमवार

888 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको फरक मतमाथि स्थानीय तहको चुनावपछि मात्र छलफल गर्ने प्रस्ताव गरेका छन् । एमसीसी अनुमोदनको विषयलाई लिएर नेताहरुले राखेको फरक मतमाथि प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।

माओवादी केन्द्रभित्र एमसीसी अनुमोदनको विषयप्रति तिव्र असन्तुष्टि छ । नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले एमसीसी अनुमोदनको विरोध गर्दै आएका छन् । उनीहरूले जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदनको विषयमा फरक मत राखेका छन् ।

नेताहरुले राखेको फरक मतमाथि अहिले नै छलफल चलाउँदा सन्देश राम्रो नजाने भन्दै चुनावपछि छलफल गर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डले पार्टी चुनावमा केन्द्रीत हुनुपर्ने भएको तर्क राखेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा एमसीसी बारे नेताहरुले राखेको असहमति पत्र पार्टीको सम्पत्ति रहेको र यसलाई संरक्षण गरेर राखिने बताए। “यो विषयमा स्थानीय निर्वाचनपछि छलफल हुने छ”, उनले भनेका छन्, “पार्टीमा मतभेद हुनु सामान्य हो, मिलाएर जान सकिन्छ।”

केन्द्रीय समिति बैठक प्रस्तावित केन्द्रीय समिति सदस्यको नाम अनुमोदन गर्दै सम्पन्न गर्ने तयारी छ । पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि माओवादीभित्र तत्काल अध्यक्षलाई सघाउने टिमको निर्माण भने गर्ने तयारी गरिएको बुझिएको छ । जारी बैठकबाट उक्त विषयमा निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।

वि.सं.२०७८ फागुन २३ सोमवार १६:०६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...