back
CTIZAN AD

माधव नेपालको प्रतिवेदन : पार्टी अस्तित्व जाेगाउन एमसीसी अनुमोदनमा सहमत भयौं

वि.सं.२०७८ फागुन २४ मंगलवार

960 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बुधबारदेखि केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । बुधबारदेखि बस्ने तय भएको बैठकमा एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल गर्ने तयारी छ । केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले एमसीसी अनुमोदनको विषय र पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

अध्यक्ष नेपालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी गरेको उक्त राजनीतिक प्रतिवेदनलाई सोमबार बसेको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेश गरेका छन् । मुख्यतः एमसीसी अनुमोदन र त्यससँगै सुरु भएको राजनीतिक घटनाक्रमबारे अध्यक्ष नेपालले आफ्नो धारणा प्रतिवेदनमा राखेका छन् । अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा एमसीसी अनुमोदन बाध्यकारी रुपमा गरिएको खुलाएका छन् ।

नेपाली कांग्रेस र एमालेबीच पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने, आफुँसहितका १४ सांसदलाई कारबाही गर्ने, पार्टीको दर्ता खारेजी गर्ने र प्रधानन्यायाधीशमाथिको महाभियोग फिर्ता गर्ने गरि तयारी थालिएपछि आफुँहरु बाध्यकारी रुपमा एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्न सहमत भएको अध्यक्ष नेपालको भनाई छ । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा परिस्थितिको वैकिल्पिक निकासका लागि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनमा जाने निर्णय गरिएको बताएका छन् ।

“नेका र एमालेबीचको वार्ता पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौध जना सांसदलाई कारबाही गर्ने, पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्यायाधिस माथिको महाभियोग फिर्ता लिनुपर्ने गरी एमसीसी कम्प्याक्ट जस्ता त्यस्तै अनुमोदन गर्ने तर्फ अग्रसर भयो”, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, “त्यस प्रकारको परिस्थितिबीच पाँद दलीय गठबन्धनमा संलग्न दलहरु वैकल्पिक निकासको खोजीमा लागे । त्यसैक्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँग त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं ।”

अध्यक्ष नेपालले एमसीसी अनुमोदन पछिको राजनीतिक परिस्थित तरल अवस्थामै रहेको बताएका छन् । अझै पनि राजनीति कता जान्छ भन्ने निश्चित नरहेको भनाई अध्यक्ष नेपालको छ । उनका अनुसार चुनाव हुन्छ कि हुँदैन ? पाँच दलीय गठबन्धन टुट्छ कि टुट्दैन ? जस्ता प्रश्न कायमै रहेका छन् ।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा स्थानीय तह मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म नै गठबन्धन जोगाउनु पर्दछ । संविधानको पूर्णं कार्यान्वयनको तहसम्म सहकार्य गर्नुको विकल्प नरहेको उनले बताएका छन् । अध्यक्ष नेपालले चुनावमा गठबन्धन बनाएर नगएमा पुनः चुनावमार्फत प्रतिगमनकारी शक्ति उदाउन सक्ने खतरा औल्यांएका छन् ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १२:५२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...