back
CTIZAN AD

जागिर लगाइदिने भन्दै २२-२३ वर्षीय युवाको काठमाडौंमा अनौठो ठगी धन्दा

वि.सं.२०७८ फागुन २४ मंगलवार

771 

shares

काठमाडौं । काठमाडौंकाविभिन्न कम्पनीमा जागिर लगाइदिने भन्दै चर्को शुल्क लिएर ठगी गर्ने युवाहरुको गिरोह पक्राउ परेका छन् ।

विभिन्न जिल्लाबाट आएर काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा प्रत्येक व्यक्तिबाट ३ सयदेखी रु ५ सयसम्म फारम चार्ज तथा १ हजारदेखि ६ हजारसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको निवेदन आएपछि प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो ।

May be an image of 9 people and people standing

ठगीमा संलग्न रहेका अधिकांश युवाहरुको उमेर २२ देखि ४० वर्ष रहेको छ ।

प्रहरीको टोलीले काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजु लगायतका स्थानबाट ठगिमा सक्रिय रहेका अर्घाखाँची घरभई भक्तपुर बस्ने सोसाइटी वेलफेयर फेसलिटिज म्यानेजमेन्ट सर्भिसका २६ वर्षीय अमर पाण्डे, तिलकराम पाण्डे, लमजुङ घर भइ बालाजुमा दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर संचालन गर्ने २२ वर्षीय आनन्द मरहठ्ठा, सिराहा घर भइ हाल कोटेश्वरमा बस्ने मल्टिप्रपोजप्रा.लिका संचालक २३ वर्षीय विवेक यादव, एबिएस जव एण्ड ट्रेनिङ सेन्टर संचालक ओखलढुंगा घर भइ कपनमा बस्ने २८ वर्षीय अश्विन राईलाई पक्राउ गरिएको हो ।

No photo description available.

त्यसैगरी सिन्धुली घर भइ जडिबुटी बस्ने सिन्धु रोजगारी सेवाका सञ्चालक वर्ष २२ का घनश्याम पहाडी, रौतहट घर भई जडिबुटी बस्ने प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. की सञ्चालिका २५ वर्षीया सृजना लामिछाने, मोरङ घरभई कोटेश्वरमा क्विकमाण्डु एमपि प्रा.लिकी सञ्चालिका ४० वर्षीया ज्ञानु न्यौपाने, रौतहट घरभई कोटेश्वर बस्ने अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक २२ वर्षीय रामवचन कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुल विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने, फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको छ ।

त्यसैगरी एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनि त्यहाँबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १५:४८ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...